×

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले सम्हाले जिम्मेवारी

images

 

काठमाडौं । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । गत बिहीबार मन्त्री परिषदको निर्णयबाट अध्यक्षमा चुनिएका हमालले अर्थमन्त्री जनार्दन शर्माबाट शपदग्रहणपछि आइतबार पदभार ग्रहण गरेका हुन् । 
योसँगै करिब साढे चार महिना नेतृत्व विहीन रहेको धितोपत्र बोर्डले अध्यक्ष पाएको छ । 

बैंककबाट इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ । साथै हमालसँग विद्युत प्राधिकरण र संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफअपरेटिङ अफिसर भएर काम गरेको अनुभव समेत रहेको छ । 

यसअघिका बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको बुक विल्डिङ सेयर खरिद प्रकरणमा मुछिएपछि पदमुक्त भएपनि बोर्ड अध्यक्ष विहिन बन्न पुगेको थियो । सोही अध्यक्ष पदमा करिब साँढे चार महिनापछि हमाल नियुक्त भएका हुन् । 

 

आइतबार​ ८ फागुन २०७८ १२:०१ PM मा प्रकाशित

प्रतिक्रिया