×

बौद्ध महायानी र हिन्दुहरुको दुवैका आराध्य देवी चण्डेश्वरी भगवति

images

बनेपाको एक प्रमुख आकर्षण चण्डेश्वरीको मन्दिर हो, धुलिखेल पुग्नु ५ किलोमीटर अघी अरनिको राजमार्ग संगै बनेपा नगर बात  उत्तर पुर्वी  १ किलोमीटरको दुरीमा चण्डेश्वरी  भगवतिको मन्दिर अवस्थित छ | राजा यक्ष मल्लको छोरा रण मल्लले साँगा,  नाला, बनेपा , श्री खन्दपुर चौकोत र पनौती गरी यि सात गाउँ  समेतेर बनेपालाई राजधानी बनाइ राज्य गरेको थिए।  यो मन्दिर  तीन तल्ले छाने शैलिमा बनेको छ | प्राचिन ग्रन्थ  नेपाल महामात्मे  हिम्बत खण्डपुराण अनुसार श्री चन्देश्वोरी देबिको उत्पत्ति देव राज ईन्द्रको राज्य चन्दासुरले छिनिदिदा देव राज ईन्द्र र अन्य देवी देउताहरुको प्राथना सुनी चंदासुर  दैत्यको बध गरी ईन्द्रलाई राज्य फिर्ता दिएको पौराणिक कथामा उल्लेख गरेको पाईन्छ |मन्दिर भित्र विभिन्न देबी देउताहरुको  मुर्ति रहेता पनि चन्देश्वोरी माताको अरु भगवतीको जस्तो साकार मुर्ति भने देख्न सकिदैन।

https://youtu.be/W2-ACGjuZR4

विस १९९०  र २०७२ सालको माहा विनासकारी भुकम्पले हल्लाउन नसकेको मन्दिर  हो । यो मन्दिरको निर्माण  समबन्धी एकिन मिती हाल सम्म थाहा  नभएको पुजारीले बताएका छन् भने   विक्रम सम्बत १८८६मा तिन तल्ला छानाको कलात्मक मन्दिर बनेको अभिलेख भने प्राप्त छ |  मुलढोका बात प्रवेश गर्ना साथ दाया तिर हनुमानको मुर्ति र भजन घर पर्दछ , उत्तर कुनातिर ढुंगाले बनेका बौध चैत्यहरु सतल र पाटीले घेरेको छ।  मन्दिरको पश्चिमपट्टिको गारोमा नेपालको सबै भन्दा ठुलो मसान भैरवको भित्ते चित्र कोरिएको देखन सकिन्छ।  यस चंदेश्वोरी भगवतीका पुजारीहरु भक्तपुरका तिरहुत्ते राजो उपाध्याये ब्राह्मणहरु बात दीक्षित कर्मचारी पुजारीहरूले तान्त्रिक विधि बात पुजा गर्दै आएका छन्। मन्दिरमा दैनिक नित्य पुजा , भोजन , प्रसाद चढाउने र दैनिक सन्ध्य कालिन आरति हुने गर्द छ । धेरै नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन।यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् ,यस स्थान बिबाह, ब्रतबन्ध, वनभोज या विशुद्ध पर्यटनको लागि मात्र पनि प्रयोग गरिदै आएको छ । बौध धर्म  गुरुहरुले मातालाई एकजति  देवीको रुपमा मान्दछन , एकजति को अर्थ  हो एउटा जुरो एउटा आँखा , एउटा स्तन भएको देवी  हो ,  महायान बौद्धमार्गीहरूले  रक्षक देवीको रूपमा पनि लिन्छन । प्रत्येक वर्ष बैशाख शुक्ल  चण्डी पुर्णिमाको दिनदेखि दुई दिनसम्म बनेपाकै ठूलो र भव्य उत्सव  गरि चण्डेश्वरी  जात्रा हुने गर्दछ। यो जात्रामा नेपाल सरकारको तर्फबाट समेत पूजा हुने भएकोले यसको महत्व अझै बढी  छ । 

मङ्गलबार ३ पुस २०८० ०४:४७ PM मा प्रकाशित

प्रतिक्रिया