काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँ ल्याइएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाडौँ ल्याइएको हो । छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो।
रास्वपा सभापति रवि लामिछाने र जोशीविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले उनलाई परिसरकै हिरासतमा राखिएको बताए ।
पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक हुन् । स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री लामिछाने र छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सोहीअनुसार उनलाई काठमाडौँ झिकाइएको हो ।
प्रतिक्रिया