काठमाडौँ । स्पेन, स्वीजरल्याण्ड, स्कटल्याण्ड, अस्ट्रिया र बेल्जियम फिफा विश्वकपका लागि छनौट भएका छ ।
आ-आफ्नो समुहमा विजेता बनेर युरोपबाट १२ देश अर्को बर्ष अमेरिका-मेक्सिको र क्यानडामा हुने फिफा विश्वकपमा छनौट भएका हुन् ।
विश्वकपमा छनौट भएका १२ देशमा स्पेन, स्वीजरल्याण्ड, स्कटल्याण्ड, अस्ट्रिया र बेल्जियमसहित क्रोसिया, इङल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे र पोर्चुगल रहेका छन् ।
अब युरोपबाट थप चार देश विश्वकपमा प्लेअफमार्फत छनौट हुने छन् । जसमा हरेक समुहका उपविजेता १२ देश र चार नेसन्स लिगका शिर्ष वरियता भएका देशले प्लेअफ खेल्ने छन् ।
फिफा विश्वकपमा युरोप बाहेक अहिलेसम्म एसियाका ८ देश अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान छनौट भएका छन् भने अफ्रीकाबाट अल्जेरिया, केप भेर्ड़े, इजिप्ट, घाना, आइभरी कोष्ट, मोरक्को, सेनेगल, ट्युनिसिया र दक्षिण अफ्रिका छनौट भएका छन् ।
त्यस्तै आसियाना क्षेत्रबाट न्यूजील्याण्ड छनौट भएको छ भने दक्षिण अमेरिकी देशबाट अर्जेन्टिना, ब्राजिल, कोलोम्बिया, इक्वेडर, पराग्वे र उरुग्वे छनौट भएका छन् । त्यसैगरी आयोजकको रुपमा अमेरिका, मेक्सिको र क्यानडा स्वत: छनौट भएका छन् ।
यसरी अहिलेसम्म ४८ देशले भाग लिने यस विश्वकपमा ३९ देश छनौट भएका छन् भने अब ९ देश विभिन्न प्लेअफबाट छानिने छन् ।
प्रतिक्रिया