×

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार

images

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । हिजो अपरान्ह्र काठमाडौंबाट भद्रपुर विमानस्थल हुदै आफनो निर्वाचन क्षेत्र झापा ५ को दमक आइपुगेका ओलीलाई रुघाखोकीसँगै ज्वरो आएपछि पूर्व निर्धारित पत्रकार सम्मेलन लगायतका कुनैपनि चुनाव लक्षित कार्यक्रममा हिजो उनी उपस्थित हुन सकेनन् ।

तर, आज स्वास्थ्य अवस्था ठिक भएकोले सबै कार्यक्रमहरु यथावत सञ्चालन हुने दाहालले जानकारी दिए । कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा झापा आएका   अध्यक्ष ओली आज क्षेत्र नं १ र ५ मा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागी हुने भएका छन् । आज विहान ११ बजे क्षेत्र नं १ स्थित को धुलाबारीमा हुने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन् ।

यसैगरी दिउसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना गरिएको क्षेत्र नं ५ स्तरीय नेता तथा कार्यकर्ता सहभागी हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए । ३ गते नागरिकसँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कमल गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको दाहालले जानकारी दिए । अध्यक्ष ओली ३ गते दिउँसो भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ । 

बुधबार २ कात्तिक २०७९ ११:२९ AM मा प्रकाशित

प्रतिक्रिया