×

सरकार अधिनायकवादतर्फ गइरहेको माओवादी केन्द्रको निष्कर्ष

images

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष निकालेको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका हुन् । आज बिहानको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका काम, कारबाहीबारे संक्षिप्त जानकारी गराएको बताउदै सापकोटाले सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर गइरहेको माओवादीको निष्कर्ष रहेको बताए । 

उनले सरकारको कामबाट जनता धेरै रुष्ट र आक्रोशित भएको बताउदै सरकारले देश, जनताको हित विपरित गलत कदम चालेर अघि बढिरहेको आरोप समेत लगाए । उनले भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेको बताउदै सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले गर्दा व्यवस्थामै असर परिरहेको समेत बताए ।

सापकोटाले बैठक बुधबार १ बजे पुनः बस्ने जानकारी दिएका छन् ।

मङ्गलबार ३ भदौ २०८२ ०२:०५ PM मा प्रकाशित

प्रतिक्रिया