काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको अक्सनबाट सहभागी सबै ६ फ्रेन्चाइजीले नेपाली खेलाडी अनुबन्ध गरेका छन् । फ्रेन्चाइजीहरूले अक्सनअघि नै मार्की खेलाडी चयन गरेका छन् ।
फ्रेन्चाइजी मधेश युनाइटेडले निरुता ठगुन्ना मार्की खेलाडी चयन गरेको छ भने मधेश ए क्याटेगोरीबाट आरती सुवेदी, बी बाट कोपिला राना, सरस्वती कट्टेल र उषा बिष्ट तथा सी बाट बबिता बोहरा, बसन्ती साउद र स्नेहा ठगुन्नालाई टिममा सामेल गरेको छ ।
यस्तै डिफेन्डिङ च्याम्पियन कर्णाली यशविसले मार्की खेलाडीका रूपमा सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ भने ए श्रेणीबाट सफिया पुन, बीबाट रश्मित दुरा, जश्ना महतो र पूजा थारू, सी क्याटेगोरीबाट नेबिका चौधरी, रेबिका लामा तमु र एलिशा भोजुलाई लिएको छ ।
त्यस्तै पोखरा निन्जाजको मार्की खेलाडीमा प्रगति नाथलाई लिएको छ भने ए क्याटेगोरीबाट पुनम चन्द तथा बी बाट मीना सुनार, सुनिता खत्री र गरिमा बोहरा, सी क्याटेगोरीबाट एन्जिला प्रधान, निशा महर र भावना तामाङलाई लिएको छ ।
त्यस्तै ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई मार्की खेलाडीका रूपमा निरन्तरता दिएको छ भने ए क्याटेगोरीबाट संगम महतो, बीबाट लक्ष्मी चन्द, सुनिता राई र सलिना बुढामगर, सी क्याटेगोरीबाट निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टिममा सामेल गरेको छ ।
काठमाडौं स्पाइकर्सको मार्की खेलाडीमा उषा भण्डारी मार्की रहेकी छन् भने ए क्याटेगोरीबाट कबिता भट्ट, बीबाट मनिषा चौधरी, यमुना रसाइली र रिमा कुवर तथा सी क्याटेगोरीबाट बाल्मिका आचार्य, कमला पुन र आशिका क्षेत्रीलाई सामेल गरेको छ ।
त्यस्तै लिगमा डेब्यू गर्न लागेको लुम्बिनी लाभाजले अरुणा शाहीलाई मार्की खेलाडी चयन गरेको छ भने ए क्याटेगोरीबाट कामना विष्ट बी क्याटेगोरीबाट एलिशा मानन्धर, शान्तिकला तामाङ, जेनिशा बिक र सी क्याटेगोरीबाट रोमा महतो, रञ्जना भोटो र अनुशा चौधरीलाई चयन गरको छ ।
गतबर्ष भएको एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण कर्णाली यशविसले जितेको थियो । कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो ।
एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौं २० देखि २८ गतेसम्म हुनेछ ।
प्रतिक्रिया