×

भरतपुरमा रेनु दाहाल ३ हजार मतले अगाडि

images

भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।    माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन्।

बिहानसम्म गणना भएको ३८ हजार ८ सय ६४ मतमध्ये रेनुले १४ हजार ७ सय ६६ मतसहित अग्रता कायमै राखेकी छन्। उनलाई एमाले गठबन्धनका विजय सुवेदीले ११ हजार ७ सय ६५ मत ल्याएर पछ्याइरेहका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६०९० मत पाएका छन्।

यस्तै उपिमेयरतर्फ गठबन्धनका साझा उम्मेदवार चित्रशेन अधिकारीले १७ हजार ९६ मतसहित अग्रता बढाउँदै लगेका छन्।  उनलाई राप्रपाका हिमला गुरूङले ले ९५०१ मत ल्याएर पछ्याइरहेकी छन्।

बिहीबार ५ जेठ २०७९ ०९:२५ AM मा प्रकाशित

प्रतिक्रिया