×

पासा पुचद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

images

छाउनि स्थित मेघदूत क्लब मा ताहाचल पासा पुच द्वारा बृहत रक्तदान कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको छ। कार्यक्रम पुच का अध्यक्ष अनिल महर्जनले सो रक्तदान  कार्यक्रममा ५० जना भन्दा बढी युबा हरुले सहभागि जनाएको बताउनु भयो।

उक्त कार्यक्रम को प्रमुख अतिथि नेपाल नेट्बल संघ का उपाध्यक्ष महेश नेपालि रहनुभयको थियो। सो कार्यक्रम मा प्रमुख अतिथि ले युबा हरु को यसता समाजिक तथा सृजनात्मक कार्यक्रममा सहभागि भै समाजिक उत्तरदायित्व बहन गरे देश ले सकारात्मक कोल्टे फेर्ने मा दुइ मत नभएको बिचार ब्यक्त गर्नु भयो।

सोहि कार्यक्रम मा विशिष्ट अतिथि का रुप मा नेपाल मानबधिकार संघ १३ वडा का सह संयोजक सुरेन्द्र मानन्धर ले पनि आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो। उहाले युबाहरु देश को भबिस्य भएको र यस्ता रचनात्मक कार्य मा अग्रसर भएर काम गरे देस बिकास हुन समय नलाग्ने कुरा व्यक्त गर्नु भयो।

कार्यक्रम कान्तिपुर रक्त सन्चार केन्द्र, के बि इन्टरटेन्मेन्ट   तथा औसधि थोक ब्यबसायि संघ को विशेष सहयोग मा सम्पन्न भएको कुरा संयोजक अनिल महर्जन ले बताउनु भयो।


 

शनिबार ५ चैत २०७८ ०७:५७ PM मा प्रकाशित

प्रतिक्रिया