×

कांग्रेसले टुंग्यायो ३४ स्थानमा उम्मेदवार

images

काठमाडौं । नेपाली काँग्रेसले पनि धमाधम टिकट वितरण टुङ्गाउन लागिरहेको छ । सभापति गगनकुमार थापाको नेतृत्वमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लामा टिकट वितरण गरिसकेको छ । निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने उम्मेदवारको छनोटलाई तीव्र पारेका हुन् ।

उनले फागुन २१ को निर्वाचनका लागि पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाको निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् । यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । 

यी हुन् अहिलेसम्म टिकट पाउने कांग्रेसका उम्मेदवारहरू

१- जुम्ला : दिप बहादुर शाही

२- सल्यान : केशबहादुर विष्ट,

३- हुम्ला : जयपति रोकाय,

४- डोल्पा : कर्णबहादुर बुढा,

५- दैलेख-२ : दिक्पाल शाही

६-दैलेख-१: बासना थापा

७- मुगु : खडक बहादुर शाही

८- कालिकोट : हर्ष बम

९- बाजुरा : जनकराज गीरि

१०-. रसुवा : मोहन आचार्य

११- म्याग्दी : कर्णबहादुर भण्डारी

१२- मोरङ ३ : शुनिल शर्मा

१३- अछाम-१ : भरतकुमार स्वाँर

१४- अछाम–२ : पुष्पबहादुर शाह

१५- बैतडी : चतुर बबहादुर चन्द

१६- रूकुम पूर्व : कुसुम थापा मगर

१७- रोल्पा : डा. सुदनकुमार वली

१८- बाग्लुङ-२ : टेकराज पौडेल

१९- प्यूठान : डा गोविन्दराज पोखरेल,

२०- काठमाडौं ३ : दुजाङ शेर्मा,

२१- पाँचथर : नरेन्द्र केरुङ,

२२- तेह्रथुम : सन्तोष सुब्बा,

२३- धनकुटा : दिनेश राई,

२४- इलाम १: निश्कल राई,

२५- ताप्लेजुङ– गजेन्द्र तुम्येहाङ

२६- गुल्मी १ : डा चन्द्र भण्डारी

२७- गुल्मी २ : भुवन श्रेष्ठ,

२८- सोलखुम्वु : प्रकाशसिंह कार्की

२९- भोजपुर : बालकृष्ण थापा

३०- काभ्रे २ : मधु आचार्य,

३१- दार्चुला : धर्मानन्द जोशी,

३२- दाङ १ : योगेन्द्र चौधरी 

३३- स्याङ्जा १ : भारत ढकाल

३४- स्याङ्जा २ : भागवत प्रकाश मल्ल 

सोमबार ६ माघ २०८२ ०९:०० PM मा प्रकाशित

प्रतिक्रिया