×

पुर्ण र गौरवको जोडी सेमिफाईनलमा

images


काठमाडौं। नेपाल पुलिस क्लबका पुर्ण थापा र गौरव दाहालको जोडी राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगल तर्फ सेमिफाईनल प्रवेश गरेका छन् ।
पुर्ण र गौरवको जोडीले सुर्यदर्शनका दीपक राना र महेश खड्काको जोडीलाई २१–१९, २२–२० ले पराजित गर्दै सेमिफाईनलमा एपिएफका देवराज राना र क्षितिज खनालको जोडी संगको भेट पक्का गरेका हुन् । राना र खनालको जोडीले नखिपोटका बिवेक चौधरी र निखिल भट्टको जोडीलाई २१–९, २१–१० ले पराजित गरेका हुन् ।
यस्तै अर्को खेलमा एपिएफका सुजन थापा र राजु थापाको जोडीले आफ्नै क्लबका अमन महर्जन र रोशन साउदको जोडीलाई २१–१४, १९–२१, २१–१२ ले पराजित गर्दै सेमिफाईलमा नेपाल पुलिस क्लबका दीपक थापा र सुनिल जोशीको जोडी संगको भेट पक्का गरेका हुन् । दीपक र सुनिलको जोडीले देवीनगरका बविश थापा र गोलु ऐरको जोडीलाई २१–१६, २१–९ ले पराजित गरे ।
बशुन्धरास्थित फिटनेश पार्क ब्याडमिन्टन एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ एपिएफका अमन महर्जनले एपिएफकै सुजन थापालाई २१–१९, १६–२१, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा एपिएफकै देवराज राना संगको भेट पक्का गरे । देवराजले एपिएफकै अनिल मल्ललाई २२–२०, २१–१५ ले पराजित गर्दै सेमिफाईनल पुगेका हुन् । अर्को खेलमा नखिपोटका बिवेक चौधरीले एपिएफका रोशन साउदलाई २१–१८, २१–१७ ले तथा एपिएफका क्षितिज खनालले एपिएफकै अरुण अधिकारीलाई १९–२१, २१–१४, २१–९ ले पराजित गर्दै सेमिफाईलनको भेट पक्का गरेका हुन् ।
महिला एकल तर्फ एपिएफकी शोभा गौचन, कस्तुरी कलेजकी सिमा राजबंशी, एपिएफकी रिना तामाङ्ग र पुलिसकी निता लम्सालले पनि सेमिफाईनलमा स्थान बनाए । शोभाले पुलिसकी सुषमा श्रेष्ठलाई २१–११, २१–१९, सिमाले देवीनगरकी प्रिया गौडलाई २१–८, २१–३, रिनाले सर्लाहीकी निकिता लामाबाट वाकओभर र निताले एपिएफकी एन्जिला वाङ्गलाई २१–४, २१–३ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।
ब्वाईज यु – १३ तर्फको खेलमा तनहुँका सफल भुजेलले स्पोर्टस् हबका सदीप राईलाई २१–१३, २१–१६, कैलालीका रियाँश चौधरीले धन्यन्तरीका सत्यम कार्कीलाई २३–२१, १३–२१, २३–२१, एपिएफका आयुष सिमखडाले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई १३–२१, २१–१७, २१–५ र कैलालीका आदित्य चौधरीले धन्यन्तरीका सुहम कार्कीलाई २१–१५, २१–१९ ले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरे ।
यस्तै सोही समूहको गल्र्स तर्फको खेलमा मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसनका निभा राई, ग्यालेक्सी पब्लिक स्कुलकी अक्षरा यादव, सिन्धुपाल्चोककी आश्ना श्रेष्ठ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता कार्कीले पनि अन्तिम आठमा स्थान बनाए । निभाले एपिएफकी आश्रुती कार्कीलाई २१–४, २१–५, अक्षराले दीपक ब्याडमिन्टनकी उपासना बोहरालाई २१–५, २१–१८, आश्नाले एपिएफकी एन्जिाला वाङ्गलाई २१–१०, २१–६ र अश्मिताले ग्यालेक्सीकी सुजाता पोखरेललाई २१–६, २१–५ ले पराजित गरेका हुन् ।
ब्वाईज यु –१९ तर्फ एपिएफका रोशन साउदले देवीनगरका सक्षम ढकाललाई २१–१३, २१–१५ ले पराजित गर्दै सेमिफाईनलमा युनिटीका सुनिल कार्की संगको भेट पक्का गरे । सुनिलले सुर्यदर्शनका अमन डङ्गोललाई २१–१७, २१–१३ ले पराजित गरे । यस्तै अर्को खेलमा एपिएफका अनिल मल्लले एपिएफकै प्रारम्भ सिमखडालाई २१–६, २१–५ र एपिएफका अरुण अधिकारीले स्पोर्टस् हबका अनुज तामाङ्गलाई १५–२१, २१–१३, २२–२० ले पराजित गर्दै सेमिफाईनल भेट पक्का गरे ।
यसै विधाको गल्र्स तर्फ एपिएफकी रिना तामाङ्गले ग्यालेक्सीकी अक्षरा यादवलाई २१–६, २१–४ र मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनकी निभा राईले दीपक ब्याडमिन्टनकी उपासना बोहराबाट वाकओभर तथा इमाडोलकी टिसा रानी शाक्यले ग्यालेक्सीकी सुजाता पोखरेललाई २१–२, २१–७ र दीपक ब्याडमिन्टनकी अश्मिता खत्रीले कास्कीकी आयुष्मा नेपाललाई २१–९, २३–२१ ले पराजित गर्दै सेमिफाईनलको भेट पक्का गरेका हुन् । 

शुक्रबार​ ५ माघ २०८० ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया