×

नेपाल वायुसेवा निगमले ऋणको किस्ता बापत ५३ करोड भुक्तानी

images

काठमाडौँ । नेपाल वायुसेवा निगमले असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ । 

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबड जहाजको २०८२ असोज मसान्तसम्मको किस्ताबापत पुरा र दुई वाईडबडि जहाजको आंशिक गरी जम्मा ५३ करोड ९ लाख ५५ हजार २८१ रकम भुक्तानी गरेको हो ।

निगमले जहाज खरिद सम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असोज मसान्तसम्मको अवधिमा कुल ८ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५७ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ । साथै, विश्वव्यापी कोभिड - १९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एंव किस्ताको संख्या बृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा सकारात्मक छलफल समेत भइरहेको सन्दर्भमा तालुकदार निकाय लगायत नेपाल सरकारबाट आवश्यक सहयोग एंव सहजीकरणको अपेक्षा राखेको निगमले जनाएको छ ।

 

शनिबार २ कात्तिक २०८२ ०५:१३ PM मा प्रकाशित

प्रतिक्रिया