काठमाडौं । साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको हो। श्रीलंकाका लागि इमेशा वार्नाकुलासुरियाले गोल गरिन्। उनले खेलको १७ औं मिनेटमा श्रीलंकाका लागि गोल गरिन्। साढे ५ बजे हुने खेलमा नेपाल र भुटान आमने सामने हुनेछन्।
खेलको १७औ मिनेटमा इमेसा अनुराधिनीले गोल गर्दै श्रीलंकालाई अग्रता दिलाईन् । पि एम परेराले दिएको क्रसमा बक्स भित्र अनमार्क रहेकी अनुराधिनीले हेड मार्फत गोल गरेकी हुन् ।
श्रीलंकाले खेलको दोस्रो हाफमा पनि गोल गर्ने केही अवसर बनाएको थियो तर सदुपयोग गर्न सकेन । माल्दिभ्सले भने खृल अवधिभर खासै आक्रमण गर्न सकेन।
श्रीलंकाले सन् २०१९ पछि साफ वुमन्स च्याम्पियनसिपमा पहिलो पटक गोल गरेको र खेल जितेको हो। सन् २०१९ मा विराटनगरमा भएको पाँचाै साफमा श्रीलंकाले माल्दिभ्सलाई २-० ले पराजित गर्दा श्रीलंकाका लागि चालिनीले दुवै गोल गरेकी थिइन्।
प्रतिक्रिया