×

बढ्यो सुनको स्थिर

images

काठमाडौँ। पछिल्ला दुई दिनमा लगातार बढेर प्रतितोला ५ हजार २ सय रुपैयाँले महँगिएको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको कारोबार अघिल्लो दिनकै मूल्यमा भइरहेको छ।

नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ३० रुपैयाँ तोकिएको छ।

यसअघि आइतबार प्रतितोला ३ हजार ६ सय र सोमबार १ हजार ६ सय रुपैयाँ गरी दुई दिनमै सुनको मूल्य ५ हजार २ सय रुपैयाँले बढेको थियो।

सुनको मूल्य स्थिर रहे पनि आज चाँदीको भाउ भने सामान्य बढेको छ। चाँदीको मूल्य तोलामा थप ५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

मङ्गलबार २ भदौ २०८३ ११:१६ AM मा प्रकाशित

प्रतिक्रिया