×

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेलाडी अक्सन आज हुँदै

images

काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेलाडी अक्सन आज हुँदैछ । महिला भलिबलमा पहिलोपटक हुन लागेको अक्सन कार्यक्रम आज दिउँसो ३ बजेदेखि शुरु हुने आयोजकले जानकारी दिएका छन् ।

अक्सनमा सहभागी ६८ खेलाडीलाई ए, बी र सी गरी ३ समूहमा विभाजन गरिएको छ । जसमा समुह ए मा १३ जना, समुह बी मा ४३ जना र समुह सी मा १८ खेलाडी रहेको आयोजकले जानकारी दिएका छन् । हरेक फ्रेन्चाइजीले समुह ए बाट एक, समुह बी बाट ३ र समुह सी बाट २ खेलाडी अनिवार्य खरिद गर्नुपर्ने नियम रहेको छ ।

समुह ए बाट ६ खेलाडी मार्की खेलाडीको रुपमा जानेछन् भने बाँकी ७ खेलाडी अक्सनमा रहनेछन् । 

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने लिगमा मधेश युनाईटेड, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, पोखरा निन्जाज, चितवन शक्ति र कर्णाली यशविस रहेका छन् भने यस सिजनमा लुम्बिनी लाभा थपिएको छ ।

गतबर्ष भएको एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण कर्णाली यशविसले जितेको थियो । कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो ।

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौं २० देखि २८ गते‌सम्म हुनेछ ।

 

शुक्रबार​ ३ साउन २०८२ ०६:५५ AM मा प्रकाशित

प्रतिक्रिया