×

नीतिगत एकता हुनुपर्छ, स्वार्थको एकता भएकाले नेकपा टिकेन- झलनाथ खनाल

images

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टीमा दक्षिण पन्थी हावी भएका कारण एक हुन नसकेको बताएका छन् ।

images

म आन्दोलनको नेता हुँ, एकीकृत समाजवादीमा पद होइन काम दिनुहोला- बामदेव गौतम

काठमाडौं । बामदेव गौतमले आफु आन्दोलनको नेता भएको बताएका छन् ।  शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्ब...

शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले बामदेव गौतमसँगको एकता ऐतिहासिक भएको भन्दै पार्टी एक भएर अगाडी बढ्नु पर्ने बताए ।   

images

बामदेवको जोश देखेर हाम्रो जागर बढेको छ- माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बामदेव गौतमको उर्जा र जोश देखेर आफुहरुको जागर बढेको बताएका छन् । शुक्रबार काठमाडौंमा न...

खनालले देश अहिले संकटमा भएको भन्दै सरकार भ्रष्टाचारमा रुमलिएको भन्दै चिन्ता व्यक्त गरेका थिए । कम्युनिष्ट पार्टी एकताबद्ध भएर गएको भए अहिलेको देशको संकट आउने अवस्था नै नआउने दाबि गरेका छन् ।

अब समाजवादतर्फ उन्मुख हुनुपर्ने बताउदै संबिधानलाई समेत संशोधन गरेर अगाडी जानुपर्ने बताएका छन् । कम्युनिष्ट पार्टीहरु एक भएमा अहिले पनि देशमा बामपन्थी सरकार बन्न सक्ने भन्दै आपसी दम्भले गर्दा बामपन्थी विभाजित भएको र दक्षिण पन्थी हावी भएको बताए ।

उनले यस अघि एमाले र माओवादीबीचको एकता स्वार्थको एकता भएका कारण टिक्न नसकेको भन्दै नीतिगत एकता हुनुपर्नेमा जोड दिए ।

 

शुक्रबार​ ३ साउन २०८२ ०६:१४ PM मा प्रकाशित

प्रतिक्रिया