×

प्रस्तावित प्रधान्यायाधीश शर्माविरुद्धका सबै निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश प्रधान मल्लको आदेश

images

काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीशमा मनोज शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएकी छन् । प्रधानको एकल इजलासले सोमबार दिउँसो १ बजेभित्र सबै रिट निवेदन तथा दरपीठ आदेश उपरको निवेदनसमेत दर्ता गरी मङ्गलवार पेसी चढाउन आदेश दिएकी हुन् ।

आदेशमा भनिएको छ ुकानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटाको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ ।’ प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णयविरुद्ध परेका रिटहरू सर्वोच्च प्रशासनले यसअघि दरपीठ गरेको थियो ।  

कामु प्रधानन्यायाधीश मल्लले लिखित आदेशमा भनेकी छन्, ‘कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ ।’ न्यायाधीशहरू समक्ष मुख्य रजिस्ट्रारको ध्यानाकर्षण गराउँदा प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश (डा. मनोजकुमार शर्मा) ले नै निर्देशन दिएकाले नगरेको भन्ने कुरा जानकारी गराएको पनि उनले आदेशमा उल्लेख गरेकी छन् ।

उनले नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७ बमोजिम प्रधानन्यायधीशको हैसियतले आवश्यक निर्देशन एवं आदेश गर्नुपर्ने अवस्था आएको उल्लेख गरेकी छन् ।

सोमबार ४ जेठ २०८३ ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया