जनकपुरधाम । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
रेल्वे लिक नजिकै रहेको पोखरी डिलमा बुधबार राति वर्षीया युवतीको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी डीएसपी रञ्जन अवाले जानकारी दिए। शव महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया मप्रियंका महतोको रहेको डीएसपी अवाले बताए ।
‘युवतीको शव नजिकै करिब ६ महिनाकी बालिका पनि जलेर घाइते अवस्थामा फेला परेकी थिइन्,’ ‘उनको पनि उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी अवाले बताए
प्रतिक्रिया