×

सत्याग्रहमा सुरक्षाकर्मीको सियो खेपेका कांग्रेस नेता कार्कीको निधन

images

बागमती । नेपाली कांग्रेसका नेता खड्गबहादुर कार्कीको ७१ वर्षको उमेरमा निधन भएको छ । हरिवन नगरपालिका(११ निवासी कार्कीको बिहीबार राती साँढे ८ बजे निधन भएको हो । 

शुक्रवार बिहान बागमती नदी किनारमा स्व। कार्कीको पार्थिव शरीर दाहसंस्कार गरिएको छ । दाहसंस्कार अघि स्व। कार्कीको पार्थिव शरीरमा नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादव, सर्लाही जिल्ला उपसभापति सुरेन्द्र प्रसाद सिंह, पूर्व जिल्ला सभापति लक्ष्मण राय, नेकपा एमालेका नेता रेवती पन्त लगायतले कांग्रेसको चार तारे झण्डा ओढाएका थिए ।

स्व। कार्की २०३६ सालको आन्दोलन तथा २०४२ सालको सत्याग्रहमा सहभागी हुँदा जेल समेत परेका थिए । २०३६ सालको आन्दोलनमा पूर्व(पश्चिम राजमार्ग अन्तर्गत चापिनी पुल जलाउने क्रममा केशव मैनाली, हिमालराज भण्डारी लगायत सँगै पक्राउ परेका थिए । त्यो बेला कार्कीको अनुहार भरी सुरक्षाकर्मीले सियोले घोचेर छियाछिया पारेको बताइन्छ । 

लामो समयदेखि कांग्रसमा क्रियाशील भए पनि पदका लागि कहिल्यै वास्ता नगर्ने उनी अघिल्लो जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका थिए ।

स्व। कार्कीले प्रजातान्त्रिक आन्दोलन एवं सामाजिक परिवर्तनका लागि पुर्‍याएको योगदानको चर्चा गर्दै कार्कीको निधनले समाजलाई अपूरणीय क्षति पुगेको कांग्रेस नेताले बताएका छन् ।

शुक्रबार​ ६ फागुन २०७८ ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया