×

माओवादी केन्द्रको बैठक फागुन २० सम्म स्थगित

images


काठमाडौँ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो ।  विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । 

‘२०७८ फागुन ८ र ९ गते हुने भनिएको पार्टी केन्द्रीय समितिको बैठक विशेष राजनीतिक परिस्थितिको कारणले फागुन २० गते बस्ने गरी स्थगित गरिएको छ’ मुख्यसचिव ढकालको भनाइ छ । 

शुक्रबार​ ६ फागुन २०७८ ०३:०६ PM मा प्रकाशित

प्रतिक्रिया