काठमाडौं- नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् ।
नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो ।
अर्थमन्त्रालयले विज्ञप्ति मार्फत नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने कृयाकलापहरु रोकिएको जानकारी गराएको हो।
मेरिकी राष्ट्रपतिको जनवरी २० मा जारी गरेको ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार भुक्तानी रोकिएको अर्थमन्त्रालयले जारी गरेको विज्ञाप्तिमा उल्लेख छ।
”अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)ले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ।” अर्थमन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया