×

बैंकमा प्रवेश गरी तोडफोड गर्ने पक्राउ

images

नेपालगन्ज — नेपालगन्जस्थित राष्ट्रिय वाणिज्य बैंकमा शुक्रबार प्रवेश गरी तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।


नेपालगन्ज उपमहानगरपालिका–२ मा रहेको राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरी विभिन्न महत्त्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार भएका टीकापुर नगरपालिका–९ कैलालीका २६ वर्षीय सन्जु बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

खुकुरीसहित पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार​ ६ फागुन २०७८ ०२:०६ PM मा प्रकाशित

प्रतिक्रिया