काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट रानीनामा दिँदै छन् । केहीबेरमा राजीनामा दिएर उनी आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन् ।
बालेनले रास्वपाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरेका छन् । बालेनले केपी ओलीसँग झापा गएर चुनाव लड्ने निर्णय गरेका हुन् । आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। दिउँसो २ बजेका लागि बैठक बोलाइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज पनि केन्द्रीय समिति बैठक बस्दैछ। आजको बैठकमा काठमाडौँको मेयरबाट राजीनामा दिएर वरिष्ठ नेता बालेन शाह पनि सहभागी हुनुहुनेछ,' उनले भने। बालेन आजैदेखि देशव्यापी अभियानमा निस्कने छन्। केन्द्रीय समितिको बैठक सकिएलगत्तै रास्वपा सभापति रवि लामिछाने र बालेन शाह जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ। करिब ४ बजे जनकपुर जाने तयारी रहेको रास्वपा केन्द्रीय कार्यालय स्रोतले जनायो।
जनकपुरमा हुने राजनीतिक कार्यक्रमलाई उनीहरूले संयुक्त रूपमा सम्बोधन गर्ने बुझिएको छ।
प्रतिक्रिया