×

कांग्रेस विवादबारे अदालतको फैसलाको सम्मान गर्छौ - डा. शेखर कोइराला

images

काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिकताको विवादमा सर्वोच्च अदालतले दिने फैसलाको सम्मान गरिने बताएका छन् । शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षलाई मान्यता दिएपछि सर्वोच्च अदालत पुगेको छ । आजमात्रै देउवा पक्षले रिट दायर गरेको हो । तर, अदालतले यो रिटको सुनुवार्ए भने माघ ६ गतेको लागि तोकेको छ ।

शेखर समूह भने देउवा पक्षको भेलामा भने नजाने भएको छ । आजमात्रै शेखरले आफ्नो अग्रसरतामा छुट्टै भेला आयोजना गरेका थिए । सो भेलाबाट बाहिरिने क्रममा शेखरले सबै कांग्रेसजनले अदालतको फैसला जे आउँछ त्यसलाई मानेर एकजुट भएर जाने बताएका हुन् । तर, पार्टीले अघि बढाएका उम्मेदवारलाई भने सघाउनुपर्ने उनको मत छ ।

उनले भने,‘निर्वाचन आयोगको निर्णय र ६ गतेको मनोनयनले गर्दा कांग्रेसमा उथलपुथल छ । अब सर्वोच्चमा रिट दर्ता समेत भइसकेको अवस्थामा कांग्रेस विवादमा सर्वोच्च अदालतले दिने निर्णय सबैलाई मान्य हुन्छ मुलुकमा भएको संवैधानिक संकट र पार्टीको अप्ठ्यारो परिस्थितिबीच के गर्ने भन्नेमा म परामर्शमै छु । उम्मेदवारीको अवसर पाउने साथीहरू चुनाव लड्नुहोला । पार्टीका साथीहरू जिताउन म लाग्नेछु ।’

आइतबार​ ५ माघ २०८२ ०५:३३ PM मा प्रकाशित

प्रतिक्रिया