×

माइक्रोसफ्टले ११ हजार कर्मचारी हटाउदै

images

एजेन्सी- ट्विटर, मेटा र अन्य धेरै प्राविधिक कम्पनीहरू पछि माइक्रोसफ्टले अनिश्चित बृहत् आर्थिक अवस्थाका कारण ठूलो संख्यामा कटौती गर्ने तयारी गरिरहेको छ । द भर्जको रिपोर्ट अनुसार माइक्रोसफ्टले यो साता ५% (करिब ११ हजार) कर्मचारी हटाउन सक्छ । ईन्जिनियरिङ् डिभिजनका व्यक्तिहरू मुख्य रूपमा यो कटौतीबाट प्रभावित हुनेछन्।

जुन ३० सम्म कम्पनीमा २ लाख २१ हजार पूणकालीन कर्मचारीहरू थिए, जसमा अमेरिकामा १ लाख २२ हजार र अन्तर्राष्ट्रिय रूपमा ९९ हजार जना छन । गत वर्षको अक्टोबरमा माइक्रोसफ्टले सबै डिभिजनमा करिब १ हजार कर्मचारीलाई निकालेको थियो ।

लामो समयदेखि कर्मचारी कटौतीको संकेत
लेअफको समाचार पूर्णतया नयाँ भने होइन किनभने माइक्रोसफ्टले केही समयको लागि यसलाई संकेत गर्दै आएको छ । उदाहरणका लागि कम्पनीका सीइओ सत्या नडेलाले सीएनबीसीसँगको अन्तर्वार्तामा माइक्रोसफ्ट विश्वव्यापी परिवर्तनहरूबाट अछुतो छैन भने । नडेलाले आगामी २ वर्ष टेक कम्पनीहरुका लागि चुनौतीपूर्ण हुने बताएका थिए ।

सञ्चालन खर्च बचत गर्नको लागि कर्मचारी कटौती
गत ५ महिनामा धेरै अमेरिकी प्रविधि दिग्गजहरूले सञ्चालन लागत कटौती गर्न हजारौं कर्मचारीहरूलाई हटाएका छन्। कम्पनीहरूले यसको मुख्य श्रेय युक्रेन–रसिया युद्ध, सुस्त आर्थिक वृद्धिदर र कोभिड–१९ महामारीको समयमा अत्यधिक कामदारलाई दिएका छन् । भर्खरै अमेजनले पनि १८ हजार कर्मचारी हटाउने घोषणा गरेको छ ।

अमेजनमा पनि १८ हजार कटौती
१८ हजारभन्दा बढी कर्मचारी हटाउने घोषणा गर्दै अमेजनले विगत केही वर्षमा कम्पनीले ठूलो संख्यामा कर्मचारी भर्ना गरेको छ तर अहिले मन्दीको डरले कर्मचारी कटौती गरिएको बताएको थियो । अधिकांश कटौती हुने कर्मचारीहरू अमेजन स्टोर र पिपल, एक्स्पेरियन्स र टेक्नोलोजी समूहका हुनेछन् ।

अमेजनले भन्यो– ‘हामी कटौतीबाट प्रभावितहरूलाई सेपरेसन पेमेन्ट, संक्रमणकालीन स्वास्थ्य बीमा लाभहरू र बाह्य रोजगार व्यवस्था समेतको व्यवस्था गर्नेछौं । उनले यो कटौतीबाट प्रभावित व्यक्तिहरूको योगदानको लागि म धेरै आभारी हुनेछु ।’

बुधबार ४ माघ २०७९ ०९:३१ PM मा प्रकाशित

प्रतिक्रिया