×

आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाने

images

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगबाट मान्यता नपाएपछि आधिकारिकता माग्दै देउवा पक्ष आज सर्वोच्च जान लागेको हो ।

पुस २७ देखि ३० सम्म भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको थियो । निर्वाचन आयोगले थापा नेतृत्वलाई कांग्रेसको मान्यता दिएपछि देउवा समूहको बैठकले आयोगको निर्णयविरुद्ध कानूनी लडाइँ लड्ने निर्णय गरेको हो ।

बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो। खड्काले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफल समेत गरिसकेका छन्। त्यसमा बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले साथ दिने बताइएको छ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले गरेको विशेष महाधिवेशनको औचित्य नहुने भन्दै देउवा पक्ष विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आइरहेका छन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगबाट निरुपण भइसकेकाले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न जाने बताए ।

आइतबार​ ५ माघ २०८२ १०:३० AM मा प्रकाशित

प्रतिक्रिया