×

युक्रेनले इयु  सदस्यताका लागि अझै २ हजार ७३९ कानुनी प्रक्रिया पूरा गर्न आवश्यक

images

युक्रेनले युरोपेली संघ (इयु) को सदस्य बन्नका लागि २ हजार ७३९  वटा कानुनी  प्रक्रिया पूरा गर्न आवश्यक  रहेको बताइएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार यस बारे जानकारी गराउनु भएको हो । 

"आगामी वर्षहरूमा हामीले गर्नुपर्ने ती प्रक्रिया छिटै पूरा गर्नेछौं। हामीले यसलाई कसरी गर्ने भनेर बुझिरहेका छौं," सरकारी प्रेस सेवाले उहाँको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ ।  त्यसका लागि  लगभग २८ हजार  ऐनहरू अध्ययन गरिएको र ती मध्ये २३ हजार चाहिँ सदस्यता वार्ता प्रक्रियाको लागि आवश्यक नरहेको उहाँले बताउनु भएको  छ ।

आइतबार​ १ पुस २०८० ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया