×

बैंकहरुको निक्षेप संकलन बैंकिङ्ग प्रणालीमा फर्कियो, कर्जा लगानीमा स्थिरता

images

काठमाडौं- पछिल्लो साता वाणिज्य बैंकको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको रिपोर्ट अनुसार गत असोज २१ गतेदेखि २८ गतेसम्म २६ वटा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेर ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो । दशैँमा बाहिरिएको बैंकहरुको निक्षेप दशैपछि फर्किन थालेको छ। दशैपछि बैंकिङ्ग प्रणालीमा ८ अर्ब रुपैयाँभन्दा धेरै निक्षेप थपिएको छ।

असोज तेस्रो साता ७ अर्ब ९९ करोड रुपैयाँले घटेको वाणिज्य बैंकहरुको निक्षेप असोज चौथो साता ८ अर्ब १८ अर्ब रुपैयाँले बढेको छ। यससँगै बैंकहरुको निक्षेप कुल ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।

बैंकहरुको कर्जा लगानी भने सुस्त देखिएको छ। असोज चौथो साता बैंकहरुको कर्जा लगानी ६२ करोड रुपैयाँले बढेको छ। मशान्तमा कर्जा असुली बढ्दा पनि कर्जा लगानी सुस्त देखिएको हो। असोज २८ गतेसम्ममा बैंकहरुको कर्जा लगानी ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ। निक्षेप बढेसँगै बैंकहरुको सिडि रेशियो ८६ प्रतिशतमा झरेको छ। असोज २८ गतेसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८६.९६ प्रतिशत रहेको छ।

सोमबार ३१ असोज २०७९ ०१:३४ PM मा प्रकाशित

प्रतिक्रिया