×

आज इन्द्रजात्रा , काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

images

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ । यस अवसरमा आज काठमाडौंको वसन्तपुरबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ यात्रा प्रारम्भ गरिने छ ।

यसको साथै थुप्रै देवदेवी जस्तै, लाखे, हल्चोक भैरव, पुलुकिसी (ऐरावत हात्ति, भक्तपुरको देवी नाच, डाँगीको नाच पनि प्रदर्शन गरिने छ । आज साँझ रथयात्रा समाप्त भइसके पछि कुमारी घर नजिक रहेको दश अवतार देवलमा भगवान विष्णुको दश अवतारको भाँकी देखाइने छ ।

इन्द्रजात्रा अवधिभर काठमाडौंको तल्लो टोल हनुमानढोका क्षेत्रमा रातको समयमा सांस्कृतिक कार्यक्रमहरूको आयोजना भइरहँदा त्यहाको वातावरणले परम्परागत जीवनशैलीलाइृ दर्र्शाउने गरिन्छ ।

आज इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं उपत्यकालगायत टाढा–टाढाबाट नरनारी उपस्थित हुने गर्दछन् । इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

मङ्गलबार १ असोज २०८१ ०८:२७ AM मा प्रकाशित

प्रतिक्रिया