×

किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अनुमति: सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ जारी

images

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरीले श्रेष्ठलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराएको थियो।  

यसअघि सोही अदालतले उनलाई ३ दिन थुनामा राख्न अनुमति दिएकोमा उक्त म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले समय थपको माग गरेको थियो। श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा गत बुधबार पक्राउ गरेको थियो।  

यसैबिच, श्रेष्ठको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। उक्त रिटको पेसी सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ।  

सोमबार १ भदौ २०८३ १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया