काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ट्रेड टावर लिमिटेडको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने शुभम पावर र थ्री स्टार हाइड्रोको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै एनआइबिएल स्टेबल फण्डको सेयर मुल्य सबैभन्दा बढी ७.५८ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ८४ करोड ४२ लाख र बुटवल पावरको ६० करोड ६८ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया