×

टी-२० को कप्तानमा दिपेन्द्र सिंह ऐरी, यूएईसँग खेल्ने नेपाली टोली घोषणा

images

काठमाडौं । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् । यस्तै टी-२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् । मल्लले टी-२० विश्वकप एसिया छनोटमा पछिल्लोपटक खेलेका थिए । साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेका थिए ।

यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी(२०आई टोलीमा स्थान बनाएका छन् । क्यानले टी(२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।

शुक्रबार​ ४ बैशाख २०८३ १२:१३ PM मा प्रकाशित

प्रतिक्रिया