×

एकीकृत समाजवादीले मुख्यमन्त्रीमा नेता सोडारीलाई उम्मेदवार बनाउने

images

काठमाडौँ, ५ वैशाख :  नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकले पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो ।

मुख्यमन्त्रीबाट उक्त प्रदेशमा सरकार निर्माणका लागि  आह्वान गरिएको छ । नयाँ गठबन्धन निर्माणका क्रममा कुनै एक प्रदेशको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा आसन्न १०आँै राष्ट्रिय महाधिवेशनको तयारीलगायतको विषयमा छलफल गरिएको पार्टीका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 

बुधबार ५ बैशाख २०८१ ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया