×

स्वास्थ्यक्षेत्र चाँडै व्यवस्थित हुन्छ ः प्रधानमन्त्री प्रचण्ड

images


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन सरकारकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । 
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले स्वास्थ्यक्षेत्रमा सबैको सहज पहुँचका लागि आवश्यक तयारी भइरहेको बताए । 

निशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरि स्वास्थ्य सेवाको विकास र विस्तारको प्रयास थालिएको उनको भनाई छ ।र्
वर्तमान सरकार संविधानमा व्यवस्था भएबमोजिमका ऐनहरू तर्जुमा गरी स्वास्थ्य सेवालाई निशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी कार्यान्वयन गर्न प्रतिवद्ध छ  

 त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य र पहल भइरहेको विषय पनि म यहाँहरू सबैलाई अवगत गराउँछु ।’
उनले वर्तमानको सुखका निम्ति भविष्यको सुन्दर अवसर गुमाउने कि वर्तमानमा मेहेनत र संघर्षका बलमा सुखद् भविष्यको निर्माण गर्ने भन्ने कुराको  छनोट गर्न आवश्यक भएको बताए । प्रतिष्ठानले यस क्षेत्रमा थप कार्य गर्ने अपेक्षा लिएको बताँउदैं उनले नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता समेत गरेका छन् । 

शुक्रबार​ ५ फागुन २०७९ ०२:२५ PM मा प्रकाशित

प्रतिक्रिया