मनाङमा गयो भूकम्प

    images

    मनाङ । मनाङको भ्राका आसपास ३.८ म्याग्निच्युड भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ः२२ बजे भूकम्प गएको हो।

    भूकम्पको केन्द्रबिन्दु भ्राका क्षेत्रमै रहेको र यसको प्रभाव आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्दछ र साना तथा मध्यम भूकम्पहरू समय समयमा आइरहन्छन्।

    सोमबार ५ फागुन २०८१ ११:४६ AM मा प्रकाशित

    प्रतिक्रिया