×

१८ वर्ष माथिका ९० प्रतिशतले लगाए एक मात्राको खोप

images

काठमाडौँ — १८ वर्ष माथि उमेरसमूहका ९० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारसम्मको तथ्यांक अनुसार १८ वर्ष माथिका ९०।४ प्रतिशतले एक मात्राको खोप लगाएका छन् । त्यसैगरी ७६.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।


कूल जनसंख्याको ७२.९ प्रतिशतले एक मात्रा र ५७।६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । साथै १२ वर्ष वा सो भन्दा माथिका ८७ प्रतिशतले एक मात्रा र ४३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।

अतिरिक्त मात्रा भने ८ लाख १४ हजार ५७९ जनाले लगाइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

बिहीबार ५ फागुन २०७८ ०४:५८ PM मा प्रकाशित

प्रतिक्रिया