×

‘ओली सरकारका भ्रष्टाचारविरुद्ध अख्तियारमा मुद्दा

images

काठमाडौँ : नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले तत्कालीन केपी शर्माओली सरकारका पालामा भएका भ्रष्टाचार छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्ने भएको छ ।

 अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले ओली सरकारका मन्त्री र सिंगो सरकारसँग जोडिएर भएका भ्रष्टाचारको छानविन माग गर्दै बिहीबार अख्तियारमा उजुरी दिने बताए । ‘तत्कालीन ओली सरकारका पालमा अर्बौका भ्रष्टाचार भएका छन् ।


ती भ्रष्टाचार छानविन गरी दोषीमाथि कारवाहीको माग गर्दै हामीले अख्तियारमा उजुरी दिँदैछौ’, पराजुलीको भनाइ छ । ओली सरकारका पालमा ओम्नी, यति, बालुवाटार जग्गा, फोरजी, एनसेल लगायतका भ्रष्टाचार काण्ड भएका थिए ।

बिहीबार ५ फागुन २०७८ १२:५६ PM मा प्रकाशित

प्रतिक्रिया