×

आजको राशिफल - २०८३ भदौ ३१ गते बुधबार

images

16 September 2026 / बुधबार

आजको पञ्चाङ्ग: भाद्र शुक्लपक्ष पञ्चमी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, वैधृत योग, बालव करण। सूर्योदय ५:५० र सूर्यास्त ६:१०। आज जन्मिने बच्चा तुला राशिको हुनेछ।
आज ओजोन तह संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवस।

१२ राशिको फल:

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज काममा नयाँ उत्साह आउनेछ। आफ्नो विचार स्पष्ट राख्दा वरिष्ठको समर्थन मिल्नेछ। रोकिएको काम अघि बढ्नेछ। व्यापारमा नयाँ ग्राहकसँग सम्पर्क बन्नेछ। प्रेममा खुलेर कुरा गर्दा सम्बन्ध बलियो हुनेछ। दिन राम्रो छ, साथीभाइको सहयोगले मन शान्त हुनेछ। 

वृष - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आर्थिक विषयमा व्यवहारिक निर्णय लिन सकिनेछ। पुरानो मेहनतको परिणाम प्राप्त हुनेछ। रोकिएको रकम हात पर्न सक्छ। परिवारमा तपाईंको सुझाव उपयोगी बन्नेछ। बोलीको प्रभावले काम बन्नेछ। 

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, हा
बुधबार र बुध ग्रहको प्रभाव तपाईंका लागि विशेष अनुकूल छ। बोली, बुद्धि र निर्णय क्षमताको राम्रो उपयोग हुनेछ। अध्ययन, लेखन तथा सम्झौतासँग सम्बन्धित काममा सफलता मिल्नेछ। बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शिक्षाको क्षेत्रमा खुशी मिल्नेछ। लगानीबाट नाफा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हरेक काममा जोखिम थपिने छन्। आम्दानी भन्दा खर्च बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्या - टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
यात्रामा सचेत हुनुपर्नेछ। शुभकार्यको सुरुवात हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। मिहिनेतको फल मिल्ने दिन छ।

तुला - रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मानसम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार देखिँदा मनमा खुसी मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
विद्वान व्यक्तिसँगको भेट बढ्नेछ। बौद्धिक अन्तरक्रियाले फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

धनु - ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अनावश्यक यात्राले दुःख दिनेछ। परिवारमा संकट देखिन्छ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ। हरेक काममा थप मिहिनेत गर्नु उचित हुनेछ।

मकर - भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, ग, गि
अचानक अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा नाफा हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, दा
एकपछि अर्को अवरोध हट्नेछन्। पठनपाठनमा रुची बढ्नेछ। यात्रा सुखद् हुनेछ। साथीभाइसँगको भेटले मनमा खुसी प्राप्त हुनेछ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दिन राम्रो छ। स्वास्थ्यमा सुधार आउनेछ। बोलीको प्रभावले काम बन्नेछ। पारिवारिक सहयोग मिल्नेछ।

बुधबार ३१ भदौ २०८३ ०६:३२ AM मा प्रकाशित

प्रतिक्रिया