×

नेप्से परिसूचक १२ अंकले घटेको छ

images

काठमाडौं । लगातार दुई दिन उच्च अंकले बढेको बजारमा आज भने ‘करेक्सन’ देखिएको छ । नेप्से परिसूचक १२ अंकले घटेको छ भने दुई वर्षयताकै उच्च मूल्यको सेयर कारोबार भएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार नेप्से १२.१० अंक घटेको छ । मंगलबार नेप्से ५४.५४ अंकले बढेको थिय
कारोबार रकम पनि लगातार बढ्दै गएको छ । मंगलबार आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । कारोबार रकम बढेर १० अर्ब नजिक पुगेको छ । नेप्सेका अनुसार नौ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो दुई वर्षयताकै उच्च मूल्यको कारोबार हो ।

मंगलबारको तुलनामा कारोबार रकम एक अर्ब ७४ करोड रुपैयाँ बढेको छ । यसअघि पुस ८ गते सात अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
 

बुधबार ३ माघ २०८० ०३:५० PM मा प्रकाशित

प्रतिक्रिया