×

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

images

पोखरा– नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ आदर्श बजगाईँले एक कार्यक्रमकाबीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् ।

ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप काठमाडौं उपत्यका बाहिर पहिलोपटक लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, बौद्ध र कौशलटार शाखाहरूबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । 

लाउञ्ज उद्घाटन गर्दै डेपुटी सिइओ बजगाईँले भने, ‘ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं । यसबाट हाम्रा ग्राहकले व्यक्तिगत तथा सहजरुपमा उच्चस्तरीय बैंकिङ सेवा अनुभव गर्न पाउने छन् ।’ 

मङ्गलबार १ पुस २०८२ ०९:२२ PM मा प्रकाशित

प्रतिक्रिया