×

पार्टी कार्यालयको पुनर्निर्माण शुरु गर्न एमालेको कार्यकर्तालाई अपिल, यस्तो भयो केन्द्रीय कार्यालय

images

काठमाडौं । नेकपा एमालेले देशैभरका क्षतिग्रस्त भएका पार्टी कार्यालयहरूको पुनर्निर्माण सुरु गर्न कार्यकर्ताहरूलाई अपिल गरेको छ ।

जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि महासचिव शंकर पोखरेलले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका लागि योगदान गर्न पनि पार्टी पङ्क्तीलाई निर्देशन दिएका हुन् । 

महासचिव पोखरेलले असोज ३ गते खरानीको थुप्रोबाट नै संविधान दिवस मनाउन सबैलाई निर्देशन दिए । वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र सुशासनका कदम अघि बढाउँदा एमालेले सहयोग गर्ने महासचिव पोखरेलले बताए । यो सरकार अन्तरिम भएकाले यसको मुल काम सुरक्षाको वातावरण बनाउने र समयमा नै निर्वाचन गराउनेमा ध्यान जाने छ भन्नेमा आफ्नो विश्वास रहेको उनले बताए । 

 

Single Image

Single Image

Single Image

Single Image

मङ्गलबार ३१ भदौ २०८२ ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया