×

सात मिटरब्याजी विरुद्ध जिल्ला प्रहरीमा मुद्दा दर्ता

images

जिल्ला प्रशासन कार्यालयले सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरेको छ । आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ताका लागि फाइल पठाइएको छ ।
    
दुईपक्षीय सहमति हुन नसकेपछि ती मुद्दालाई प्रहरी कार्यालय पठाइएको प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार परेका निवेदनमध्ये अहिले अन्य पाँचवटा मद्दा छलफलमा छन् । ती उजुरीमा पक्ष र विपक्षीको बयान लिने काम जारी छ भने अन्य उजुरीको विषयमा सम्बन्धित व्यक्तिलाई बोलाउने क्रममा रहेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जिल्ला प्रशासनबाट आएका फाइलको कानुनी प्रक्रिया सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धान सुरु गरिएको छ । कुन कानुन आकर्षण हुन्छ । सरकारी वकिलसँगको परामर्शमा छौँ ।” जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीका विरुद्धमा २२ वटा उजुरी परेको छ ।  

शुक्रबार​ ३१ भदौ २०७९ ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया