दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
शैल्यशिखर नगरपालिका–६ ग्वानीमा बिहान साढे ९ बजे से १ ज २७७ नम्बरको जीप सडकबाट खस्दा ३ जनाको घटनास्थलमा नै ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा जीपका चालक ग्वानीका २३ वर्षका प्रकाशसिंह धामी, २२ वर्षका नवीन धामी र १९ वर्षका हरिसिंह धामीको घटनास्थलमा नै ज्यान गएको हो । प्रहरीको टोली घटनास्थल पुगेको छ ।
नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई लिन जाँदै गर्दा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया