×

जेष्ठ २ गते सोमबार, हेर्नुहोस आजको राशिफल

images

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाई निजी सम्बन्धमा एक शिखरसम्म पुग्नुहुनेछ। तपाई यस्तो परिस्थितिमा कस्तो व्यवहार गर्नुहुनेछ र सम्बन्ध प्रति कुन प्रकारको अभिगम राख्नुहुन्छ त्यसले सम्बन्ध आधारित हुनेछ।प्रेम सम्बन्ध मजबुत हुनेछ। तपाई जीवनसाथीसँग सुसमय बिताउनुहुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाई भावनाको प्रवाहमा बहनु हुनेछ। यसकारण केहि निर्णय दिमाखले नभई मनले लिन मजबुर हुनुहुनेछ। दिउँसोपछि कसैको भावनामा ठेस नपुगोस भन्ने कुरामा ध्यान दिनुहोला। तपाईको व्यवहारले मनमा तितोपन पैदा गर्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आफ्नो प्रियजनलाई खुशी र रिझाउन सम्भव प्रयास गर्नुहुनेछ। यधपी तपाई अन्य व्यक्तिभन्दा सन्तुष्ट पार्न प्रयास गर्नुहुनेछ। आफ्नो लागि थोरै समय दिनुहोला। साथै आफ्नो प्रिय व्यक्तिबाट केहि अपेक्षा रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईको कार्यशैलीको निर्दोष स्वभावले गर्दा कसैले पनि बराबरी गर्न सक्नेछैनन्। तपाईले हातमा लिएको कार्य सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। स-सानो कुरा चिन्ताको विषय बन्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईले धेरै समयदेखि नभेटेका व्यक्तिसँग सम्पर्क स्थापित गर्ने प्रयास गर्नुहुनेछ। नयाँ पहिचान पाउने सम्भावना छ। कुनै काममा व्यस्त रहने प्रयास गर्नुहुनेछ। फलस्वरूप तपाईले आफ्नो काम समयमै पूरा गर्न सक्नुहुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईको परिवार अग्रिम स्थान रहनेछ। त्यसैले परिवारका सदस्यको मनोकामना पूरा गर्ने,खुसी बनाउने र सम्बन्धलाई मजबुत बनाउने प्रयास गर्नुहुनेछ। आर्थिक लाभको सम्भावना छ। दिनको अन्त्यमा आनन्द र सन्तुष्टिको अनुभूति गर्नुहुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सबै कुरालाई अलग राखेर आफ्नो सुन्दरताको बारेमा सचेत रहनुहुनेछ। तपाईको सौन्दर्यले मन्त्रमुघ्ध भएर मान्छे जताततै आकर्षित हुनेछन्। तपाईले आफ्नो विचार र ज्ञान अन्य व्यक्तिसँग आदानप्रदान गर्नुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईंको प्रेम सम्बन्ध लाभदायक साबित हुनेछ, जसले तपाईंलाई बाह्य शक्ति विरुद्ध लड्ने शक्ति प्रदान गर्नेछ। भावनाको आवेगलाई नियन्त्रणमा राख्नु पर्नेछ। तपाईको आत्मविश्वास धेरै उच्च हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईको मनमा यात्रामा जाने धुन सवार रहनेछ। मित्रसँग भेट हुनेछ। व्यवसायिक मोर्चामा उपयोगी साबित हुनेछ। साँझको समय आकस्मिक धन लाभ हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
तपाईं आफ्नो सामाजिक सर्कल विस्तार गर्न चाहनुहुन्छ। तपाईं भविष्यमा स्वस्थ र लाभदायक सम्बन्ध विकास गर्न सक्षम हुनुहुनेछ। कुनै पनि शर्त जित्न हार मान्नु हुन्न। दिनको अन्त्यमा विजेता हुनुहुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
तपाईको दिनको मूल मन्त्र नै धैर्यता रहनेछ। कुनैपनि स्पर्धा वा युद्द जित्नको लागि धैर्य राख्न आवश्यक छ। वुद्दिपुर्वक सबै काम गर्नाले निश्चित रुपले विजयी साबित हुनेछ। चुनौतिपूर्ण दिन बुद्दिपुर्वक उपयोग गरेर कार्य पुरा गर्नुहुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
कसैको प्रगतिले थोरै अस्वस्थ बन्नुहुनेछ। यो निकै विचित्र भावना हो। यधपी तपाईको सम्बन्धमा विचार गर्नुपर्नेछ। रिसबाट केहि लाभ हुनेछैन। परिश्रमबाट ईच्छित प्राप्त गर्ने प्रयास गर्नुहुनेछ।

सोमबार २ जेठ २०७९ ०८:२९ AM मा प्रकाशित

प्रतिक्रिया