×

संसदीय समिति सभापतिबारे निर्णय लिन सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

images

सिंहदरबरस्थित नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ । बैठकमा सार्वजनिक लेखा समितिको सभापतिमा साझा उम्मेदवार उठाउने विषयमा छलफल केन्द्रित भएको छ ।

सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई विगतमा अभ्यास थियो । कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छ । तर सत्ताको नेतृत्व गरिरहेको रास्वपाले विपक्षी दलहरूलाई समितिको सभापति नदिने नीति लिएको छ । संसदीय समितिका सभापतिमा आज उम्मेदवारी दर्ता हुँदै छ ।

आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ ।

मनोनयन दर्ताका दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

बिहीबार ३ बैशाख २०८३ ०१:१५ PM मा प्रकाशित

प्रतिक्रिया