×

अन्तर्राष्ट्रिय क्रिकेटमा सागरको डेब्यु

images

नेपाली बायाँ हाते स्पिनर सागर ढकालले एकदिवसीय अन्तर्राष्‍ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।

उनले आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरुद्ध डेब्यु गरेका हुन् ।

योसँगै सागर एकदिवसीय अन्तर्राष्‍ट्रियमा नेपालका लागि डेब्यु गर्ने २८ औं खेलाडी बनेका छन् । उनले नेपालको लागि टी–२० अन्तर्राष्ट्रियमा २ खेल खेल्दा १ विकेट हात पारेका छन् ।

गत असोजमा सम्पन्न एभरेस्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सलाई उपाधि दिलाउन ७ खेलमा १४ विकेट लिँदै सागर सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । उनले घरेलु क्रिकेट र उमेर समूहमा उच्च प्रदर्शन गर्दै आएका छन् । 

बुधबार २ चैत २०७८ ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया