काठमाडौँ । क्रोसिया फिफा विश्वकपमा छनौट भएको छ । क्रोसियाले गएराती फारो आइल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेसँगै युरोपको छनौट अन्तर्गत समुह एलबाट विश्वकपमा छनौट भएको हो ।
क्रोसियाको समुह एल मा ७ खेलमा १९ अंक भएको छ र समुहमा शिर्ष सतहमा छ । समुह एल मा चेक रिपब्लिक ७ खेलमा १३ अंकसहित दोस्रो स्थानमा छ भने फारो आइल्याण्डको ७ खेलमा १३ अंक छ र तेस्रो स्थानमा छ ।
योसँगै युरोपबाट अहिलेसम्म क्रोसियासँगै फ्रान्स र इङल्याण्ड विश्वकपमा छनौट भएका छन् ।
प्रतिक्रिया