×

प्रधानमन्त्री बन्छु भनेका महावीरले युवाको सबैभन्दा कम भोट पाए पछि के भने ?

images

काठमाडौँ । मन्त्री बन्दिन पाए भने प्रधानमन्त्री बन्छु भनेका महावीर पुनले जेनजी युवाहरुको चार प्रतिशत मत पाएपछि अझै मिहिनेत गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा आफुले चार प्रतिशत मत पाएको उल्लेख गर्दै पुनले सबैभन्दा कम भोट आफुले पाएको भन्दै आफु कहाँ रहेछु भन्ने थाहा भएको बताएका छन् ।

पुनले भनेका छन्- 'कसलाई प्रधानमन्त्री चुन्ने भनेर भाईबहिनीहरुले चुनाव गरेका रहेछन् । यो कुरा मैले अहिले बाटोमा जाँदै गर्दा देखेँ । अनि सबै भन्दा कम भोट (४ प्रतिशत) पाउने ता म पो रहेछु । म निकै खुसी भएँ किन भने म कहाँ रहेछु भन्ने कुरा प्रष्ट संग थाहा पाएँ ।'

पुनले कम भोट पाउनुको अर्थ भाइबहिनीको मन जित्ने काम नगरेको भन्ने हो भन्दै अझै कस्सिएर काम गर्ने बताएका छन् । उनले भनेका छन्- 'सबैभन्दा कम भोट पाउनुको मतलब मैले युबा भाईबहिनीहरुको मन जित्ने काम पटक्कै गरेको रहेनछु । त्यसैले अब बीरगञ्ज कृषि औजार कारखाना बीरगञ्जमा, राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौमा र आर्डसिटी इनोभेसन ल्याव पोखरामा अझै कसिएर काम गर्नेछु ता कि भविष्यमा यस्तै भोटिङ हुँदा मैले भाई बहिनीहरूकोअलि धेरै भोट पाउन सकुँ ।'

सोमबार ३० भदौ २०८२ ११:३७ AM मा प्रकाशित

प्रतिक्रिया