काठमाडौँ — न्याय परिषद् र न्याय सेवा आयोगको बैठकले उच्च अदालतका लागि तीन जना न्यायाधीशको सिफारिस गर्नुका साथै सर्वोच्च अदालतको रजिष्ट्रार पदमा दुई अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ।
प्रधानन्यायाधीश डा. मनोज शर्माको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेलबासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहलाई उच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरेको हो।
यसैगरी, सोही दिन बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतका सहरजिष्ट्रारद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रार पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
न्याय प्रशासनलाई थप सुदृढ, चुस्त र प्रभावकारी बनाउने उद्देश्यले परिषद् र आयोगले यी प्रशासनिक तथा न्यायिक नियुक्ति र बढुवाका सिफारिसहरू गरेका हुन्।
प्रतिक्रिया