काठमाडौँ। नेपाली सुनचाँदी बजारमा लगातार दोस्रो दिन पनि सुन र चाँदीको मूल्यमा मन्दी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन घटेको बहुमूल्य धातुको भाउ आज थप घटेर नयाँ बिन्दुमा पुगेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ दररेट अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घटेर प्रति तोलामा ३ लाख १ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि अघिल्लो कारोबार दिन छापावाल सुन प्रति तोलामा ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि ओरालो लागेको छ। आज चाँदी प्रति तोलामा ४० रुपैयाँले घटेर ४ हजार ६ सय २० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रति तोलामा ४ हजार ६ सय ६० रुपैयाँमा बिक्री-वितरण भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती र शेयर बजारमा आएको उतारचढावका कारण सुनको अन्तर्राष्ट्रिय मागमा कमी आउँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको व्यवसायीहरू बताउँछन्।
प्रतिक्रिया